एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न सकस, गृहकार्य गर्न कार्यदल गठन
काठमाडौं : महाधिवेशनबाट सबै केन्द्रीय सदस्य चयन नगरेको नेकपा एकीकृत समाजवादीलाई केन्द्रीय समितिलाई पूर्णता दिन सकस भएको छ।
पदाधिकारी र सदस्यहरूको आकांक्षी धेरै भएका कारण समाजवादीलाई केन्द्रीय सदस्य चयनमा सकस परेको हो। केन्द्रीय सदस्यको टुंगो लगाउन बुधबार बसेको बैठकले पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेन।
पार्टी प्रचार विभागका अनुसार केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयनका बारेमा गृहकार्यका तीन सदस्यीय कार्यदल गठन गरिएको छ।
बुधबारको बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो।
केन्द्रीय कमिटीको अर्को बैठक साउन १८ गते बस्ने र सोही बैठकमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुंगो लगाउने बताइएको छ।
एक महिनाअघि सकिएको पार्टीको महाधिवेशनले केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय बनाउने निर्णय गरे पनि ९३ जना मात्रै सदस्य चयन गरिएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam