सुन तोलाको १ लाख ४९ हजार ९ सय
काठमाडौं : सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ। तोलामै मूल्य करिब डेढ लाख पुगेको छ।
यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो। आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam