क्षमता अभिवृद्धि गर्न रास्वपाको कार्यशाला
काठमाडौं : पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ।
‘कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ’, कार्यवाहक प्रवक्ता मनिष झाले भने।
यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाहरूको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो।
यस कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam