कक्षा १२ नतिजा : ९ हजारभन्दा बढीले ल्याए ३.६१ देखि ४ जिपिए


काठमाडौं : कक्षा-१२ को नतिजामा ९ हजारभन्दा बढीले ल्याए ३.६१ देखि ४ जिपिए ल्याएका छन्। आज (शुक्रबार) राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ९ हजार ५९१ जनाले ३.६१ देखि ४ जिपिए ल्याएका छन्।

३.२१ देखि ३.६० जिपिए ४६ हजार ८ सय ९३ जनाले ल्याएका छन्। ७८ हजार ७५ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका छन्। जिपिए २.४१ देखि २.८० ६१ हजार ३६ जनाले ल्याएका छन्। त्यस्तै,२.०१ देखि २.४० जिपिए ८ हजार २ सय ४० जनाले ल्याए।

२.६१ देखि २.० जिपिए १२ जनाले ल्याए। परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षामा करिब ५३ प्रतिशत (५२.९१ %) उत्तीर्ण भएका छन्। गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी थिए। १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ विद्यार्थी सबै परीक्षामा अनुपस्थित छन्।

TOP