तीलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्ने सभामुखको आश्वासन
काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले तीलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्ने आश्वासन दिएका छन्।
डा. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्ताराष्ट्रिय ख्यातिलाई ध्यानमा राखेर आफूले सो विश्वविद्यालय सम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसद्को चालू अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्न जारी राखेको उनको भनाइ छ।
ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले उक्त विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका काम सहज ढंगले अघि बढाउन सकिने बताए। उनले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्त्व दिएको पनि उल्लेख गरे।
सभामुख घिमिरेले भने, ‘आँखाको क्षेत्रमा डा. सन्दुक रुइतले खेल्नुभएको भूमिकालाई हामीले कसरी अगाडि लैजान सकिन्छ ? आजभन्दा दुई महिना अगाडि हो– त्यहाँबाट एउटा टिम तिलगंगा अस्पतालका तर्फबाट आउनुभयो। तीलगंगा नेत्र विश्वविद्यालयको ऐन पास गर्नुपर्ने भयो। त्यो विधेयक छिटो पास गर्न सहयोग गर्नुपर्यो भनेर उहाँले आएर कुरा गर्नुभयो। त्यसरी विश्वविद्यालय बनाएपछि नेपाललाई आँखाको क्षेत्रमा अध्ययनलगायत अनुसन्धानको कामका लागि थुप्रै खालका अवसर हुने र कामलाई पनि व्यवस्थित गर्न सकिने कुरामा सम्भव भयो भने यही अधिवेशनमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने मेरो प्रयत्न जारी छ।’
सभामुख घिमिरेले सो विधेयकमा देखिएको असहजता हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam