प्रधानमन्त्री ओलीले हस्ताक्षर गरेसँगै त्रिविको नीति तथा कार्यक्रम पारित
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का कुलपति एवं प्रधानमन्त्री ओलीले रोकेको भनिएको त्रिवि नीति तथा कार्यक्रम पारित भएको छ।
हिजो (मंगलवार) प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा हस्ताक्षर गरेको त्रिविका त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए।
प्रधानमन्त्री ओलीले हस्ताक्षर गरेसँगै नीति तथा कार्यक्रम पारित भएको उनले बताए। उनले भने, ‘हिजो उहाँले नीति तथा कार्यक्रममा हस्ताक्षर गर्नु भएसँगै पारित भएको छ, उहाँले यो नीति तथा कार्यक्रम रोकेको होइन, मिडियातिर यस्तै हल्ला फैलाइयो, यसको पनि प्रकृया हुन्छ, केही थपघट पनि गरिएको छैन।’
साउन १५ गते बसेको त्रिवि सभा (सिनेट) को बैठकबाट चालू आवको बजेटसँगै नीति तथा कार्यक्रम पारित गर्नुपर्ने त्रिविको कार्ययोजना थियो तर प्रधानमन्त्री ओलीले रोकेका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam