पेरिस ओलम्पिक : स्वर्ण पदक तालिकामा अमेरिका र चीनबीच प्रतिस्पर्धा
एजेन्सी
पेरिस ओलम्पिक २०२४ को स्वर्ण पदक तालिकामा अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा छ। पदक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले ३३ स्वर्ण जित्दा दोस्रो स्थानको चीनले पनि स्वर्ण पदकको संख्या समान ३३ पुर्याएकोछ।
अमेरिका ३९–३९ वटा रजत र कास्य पदक जितेर कुल १११ पदकसहित शीर्ष स्थानमा छ। समान स्वर्ण पदक जितेको चीनले २७ रजत र २३ कास्य पदक जितेको छ। १८ स्वर्णसहित अस्ट्रेलिया तेस्रो, १६ स्वर्णसहित जापान चौथो र १४ स्वर्णसहित बेलायत पाँचौ स्थानमा रहँदा समान १४ स्वर्ण जितेको आयोजक फ्रान्स छैटौँ स्थानमा छ।
जारी ओलम्पिकमा अहिलेसम्म कुल ६० देशले स्वर्ण पदक जित्दा कुनै न कुनै पदक जित्ने देशको संख्या ८६ पुगेको छ। यसैबीच अल्जेरियाकी बक्सर इमान खलिफले स्वर्णपदक जितेकी छिन्।
एक वर्षअघि विश्व बक्सिङ च्याम्पियनसिपमा लैंगिक मापदण्ड परीक्षणमा अयोग्य भएकी खलीफले योपटक पेरिस ओलम्पिकमा ६६ किलोग्राम समूहमा स्वर्ण पदक जितेकी हुन्। उनले चीनकी बक्सर याङ लियुलाई पराजित गरिन्।
पेरिस ओलम्पिकको समूह चरणमा इटलीकी बक्सर एन्जेला करिनीसँग भएको प्रतिस्पर्धापछि खलीफलाई पुरुष भन्दै विश्वव्यापीरूपमा आलोचना र विवाद भएको थियो। तर ओलम्पिक कमिटीले थप कुनै पनि निर्णय नगरी उनलाई महिलाकै रुपमा नियमित खेल्न दिएको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam