दुई दिने समाधि साधना कार्यक्रम सम्पन्न
काठमाडौं : ओशोधारा नेपालले आयोजना गरेको दुई दिने पाचौं तहको समाधि साधना कार्यक्रम सकिएको छ। साउन २५ देखि २७ गतेसम्म आयोजना भएको समाधि साधना कार्यक्रममा बैंकर, शिक्षक, विद्यार्थी, गृहिणी, सेवा निवृत्त कर्मचारी, व्यापारी लगायतले कार्यक्रममा सहभागी भएर लाभ लिएका थिए।
समाधि साधना कार्यक्रमको पृष्ठपोषणको सत्रमा सहभागीको अनुभव, राय र सुझाव लिने क्रममा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले अध्यात्म बाहिर जानेका र सुनेका कुरालाई बोलेर नभई भित्रको अनुभूतिमा बोधगम्य हुने बताए। उनले यो तहसम्म आइपुग्दा आफूसँग बोल्नको लागि शब्द नै कम भएको बताए।
उनले कार्यक्रममा भने,‘पहिलो तहको ध्यान साधना कार्यक्रमगर्दा ध्यान के हो रु ध्यानको अभ्यासले के हुन्छ जानेको र सुनेको अनि आफ्नो अनुभूतिलाई धेरै मिलाएर बोल्न जान्ने र बोल्न सक्ने ठानेको थिए, अध्यात्म यस्तो यात्रा रहेछ कि बाहिर जानेका र सुनेका कुरालाई बोलेर होइन भित्रको अनुभूतिमा बोधगम्य हुँदोरहेछ, साधनाको तह जति गहिरिँदै गयो संसारी तह त्यति नै माथि माथि लाग्दो रहेछ, संसारमा पो बोलेर जित्नुछ,प्रमाणित गर्नुछ, बोलेरै अगाडि आउनुछ, अध्यात्म आत्मिक साधना भएकोले म नि:शब्द छु, जे अनुभूति गरेको साधनाबाट त्यसलाई गहिराईसम्म पुग्न दिनेछु।’
पृष्ठपोषणको क्रममा सबै साधकले आफ्नो अनुभूतिलाई शब्दमा व्यक्त गर्न नसकिने तर त्यसको आनन्दमा डुब्न सकेको बताएका थिए।
कार्यक्रममा आचार्य डा. नम्रता पाण्डे, आचार्य डा. प्रद्युम्नराज पाण्डे, आचार्य पूजारी र आचार्य ई अनन्त विष्टले विभिन्न साधना पद्धतिको माध्यमबाट साधकहरूलाई सहजीकरण गराएका थिए। चेतना जागरण, स्वाध्याय र जीवनशैली रूपान्तरणका लागि ओशोधारा नेपालले महिनैपिच्छे विभिन्न कार्यक्रम र प्रत्येक बिहान जुमको माध्यमबाट कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam