सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गर्नुस् : मन्त्री गुरुङ
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन्।
काठमाडौँमा शुक्रवार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै यस्तो बताएका हुन्। उनले नेपालीहरूले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको बताए।
उनले सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताए। उनले जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने बताए। उनले सुशासनको अभावका कारण ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताए।
मन्त्री गुरुङले भने‚ ‘हामीले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासनको समस्या हो। हामीले गत वर्ष १५ खर्बको बजेट थियो। ३ खर्ब विकासका लागि छुट्याएकोमा जम्मा डेढ खर्ब खर्च भएको। यो लाजमर्दो कुरा हो । जम्मा बजेटको ३० प्रतिशत पनि विकास बजेट हुँदैन‚ त्यो पनि आधा भनेपछि जम्मा बजेटको १५ प्रतिशत हुन्छ। त्यस्तो देशमा विकास कसरी हुन्छ ?’
उनले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको सरकारको भएको बताए। मन्त्री गुरुङले भ्रष्टाचार भइरहने, बिचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताए।
सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गरी उनीहरूलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए।
‘भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको हो। भ्रष्टाचार भइरहने, बिचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति छ। मीडियाले आफ्नो भूमिका राम्रोसँग पूरा गर्ने हो भने सरकार जनता र मुलुकको समस्याप्रति उत्तरदायी हुन बाध्य हुन्छ।’
सञ्चारमन्त्री गुरुङले सरकारको विपक्षमा बस्ने काम मीडियाको नभएको बताए। नराम्रो काम गरेको ठाउँमा निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने बताए। सञ्चारमाध्यम सरकारको आलोचनासँगै सत्यतथ्यमा आधारित हुनुपर्ने बताए।
उनले सरकारको भजन गाउनु नपर्ने भन्दै भ्रष्टाचारको ढाकछोप नगर्न पनि आग्रह गरे। प्रधानमन्त्री र मन्त्रीहरूको प्रशंसा गर्न आवश्यक नरहेको तर सही काम गर्नेलाई प्रेरित गर्न आग्रह गरे।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam