नागढुङ्गामा ठूलो पहिरो, सवारी आगावन ठप्प
काठमाडौं : काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ।
काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नजिक पहिरो दुवैतर्फको जाँदा सवारी आवागमन रोकिएको हो।
नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार चेक पोइन्टबाट करिब तीन सय मिटर टाढा ठूलो पहिरो गएको छ।
अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। पानी परिरहेकोले पहिरो खस्ने क्रम नरोकिएको हो।
थपलियाका अनुसार दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई स्टान्डबाइ राखिएको छ। पहिरो खस्न रोकिएपछि पहिरो पन्छाएर आवागमन सहज गरिने थपलियाको भनाइ छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam