आज र भोलि भारी वर्षाको सम्भावना न्यून
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। बागमती प्रदेशका केही स्थान, मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ।
शनिबार र आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि अन्य भूभागको मौसम सामान्यतया सफा नै रहनेछ। दुई दिन देशमा भारी वर्षाको सम्भावना पनि न्यून देखिन्छ।
सोमबारदेखि भने पुनः भारी वर्षा शुरु हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार गएराति पनि कतै ठूलो वर्षा मापन भएको छैन।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam