‘हामीले हुन्छ नभनी कसले गर्नसक्छ संविधान संशोधन?’
काठमाडौं : प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन्।
सत्तारूढ कांग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रश्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरुको सहभागिताबिना सम्भव नरहेको दाबी गरेका हुन्। आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले सरकारमा सहभागी नभएका दलहरुको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे। हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाइ थियो। उनले संविधान संशोधन गर्ने सत्तारुढ काँग्रेस–एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्याए। उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे।
अध्यक्ष नेपालले भने, ‘यो समिकरण रातारात परिवर्तन भयो। कसरी मान्छेहरुलाई झुक्याइँदो रहेछ। हुन त सबै झुक्किँदा रहेनछन्। धेरै सोझो भएर पनि झुक्किँदा रहेछन् धेरै बाठो भएर पनि झुक्किँदा रहेछन्। यो सत्ता समिकरण परिवर्तन गर्नेहरुको राम्रो उद्देश्य थियो? राम्रो देखिँदैन। संविधान संशोधन गर्ने उद्देश्य थियो? संविधान संशोधन गर्नु थियो भने के त्यो मध्यरातमा हस्ताक्षर गर्नुपर्छ? त्यसलाई सार्वजनिक छलफलको विषय बनाउनु पर्दैन? हाम्रो सहभागिताबिना संविधान संशोधन गरौँला, सम्भव होला भन्ने कुरा कसैले ठानेको छ भने उसले गलत ठानिरहेको छ। त्यो सम्भव छैन।’
अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam