भगवती जात्रा अवलोकन गर्न राष्ट्रपति भोलि पाल्पा जाने
काठमाडौं : ऐतिहासिक भगवती जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार तानसेन जाने भएका छन्।
कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनमा निस्कने ऐतिहासिक भगवती जात्राको अवलोकन गर्न उनी तानसेन जाने कार्यक्रम तय भएको हो।
राष्ट्रपति पौडेलले भगवतीको दर्शन, पूजा गर्नुका साथै रथ परिक्रमाको अवलोकन गर्ने र भेटघाटमा सहभागी हुने कार्यक्रम तय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए।
वि.सं. १८७१/०७२ मा नेपाल-अङ्ग्रेज युद्धमा अङ्ग्रेज फौजलाई पराजित गरेपछि तत्कालीन कर्णेल उजिरसिंह थापाले भगवती जात्रा चलाएका थिए। भगवतीको भाकल गरेर युद्धमा विजयी भएपछि कर्णेल थापाले १८७७ देखि भगवतीको रथ तानसेन बजारमा परिक्रमा गराउने चलन चलाको बताइन्छ।
भगवती जात्राको दिन लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको घोषणा गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam