कर्णाली राजमार्ग पहिरोले अवरुद्ध

रासस

जुम्ला : अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए। पहिरो पन्छाउने काम भइरहेको उनले बताए।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।

TOP