पारा ओलम्पिकमा कास्य जित्दै पलेशाले रचिन् इतिहास
काठमाडौं : पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कास्य पदक जितेकी छन्। फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले ‘के ४४ क्याटागोरी’ अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कास्य जितेकी हुन् ।
पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन्। नेपाली खेलकुदको इतिहासमा ओलम्पिकमा आधिकारिक पदक जित्ने पहिलो खेलाडी बन्दै उनले कीर्तिमान रचेकी छिन्।
पलेशाले शुक्रबार भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनल पुगेकी थिइन्। तर क्वार्टरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित भइन् । फर्नाण्डेज विरुद्ध सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा जोगाउन नसक्दा उनी पराजित भएकी हुन्
पलेशा यसअघि सन् २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन्। तर कास्य पदक भिडन्तमा उनी चिनिया खेलाडीसँग पराजित भइन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam