पारा ओलम्पिकमा पदक विजेता पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने
काठमाडौँ : फ्रान्समा जारी पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन्।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारा ओलम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कारअनुसार सरकारले पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार स्वरूप दिनुपर्नेछ।
नियमावलीअनुसार स्वणर्पदक विजेतालाई सबैभन्दा धेरै १ करोड ३० लाख रुपैयाँ सरकारले दिनुपर्छ। यसैगरी रजत पदक जित्नेलाई ९७ लाख र कांस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने व्यवस्था छ।
पलेशासँगै सरकारबाट प्रशिक्षक र नेपाल तेक्वान्दो संघले पनि पुरस्कार पाउनेछन्।
प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ५ हजार तथा नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
पलेशाले सर्बियाली खेलाडीलाई १५-ले हराउँदै नेपालका लागि पहिलो ऐतिहासिक कांस्य पदक दिलाएकी हुन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam