नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी हो : प्रचण्ड
नेपालगञ्ज : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन्।
प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताए।
‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ’– अध्यक्ष प्रचण्डले भने– ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं। संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ।’
उनले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा हुने उल्लेख गर्दै उनले यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने विश्वास पनि व्यक्त गरे।
सबै क्षेत्रमा युवालाई साथमा लिएर नयाँ एजेण्डा पूरा गर्न सकिने उनले स्पष्ट पारे।
अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताए। आफूले पार्टीको नेतृत्व गरेको ३५/३६ वर्ष पुगिसकेको उल्लेख गर्दै उनले भने– ‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ।
पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५/३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोंचमा छु।’
उgले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताए। समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने क्रम पनि अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिए। अध्यक्ष प्रचण्डले अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको उल्लेख गरे। सरकारमा जानुभन्दा अब पार्टी निर्माण कार्यमा लागिरहेको उल्लेख गर्दै उनले आफू सरकार हुँदासमेत चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढिकरण गरेर लैजाने बताए।
अध्यक्ष प्रचण्डले वर्तमान सरकार जनताको भावनाविपरित चलिरहेको बताए। ‘संविधानको भावनाविपरित बनेको सरकारले निरन्तर जनताका इच्छा विपरित काम गरिरहेको छ’ उनले भने– ‘यसको विरुद्धमा हामी आवश्यक परेमा सडकमा पनि जान सक्छौं।’
यसैबीच अध्यक्ष नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको पार्टी प्रशिक्षण र कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पार्टीलाई नयाँ गतिमा अघि बढाउन निर्देशन दिए।
पार्टी वैचारिक, सांगठनिक र भावनात्मकरुपमा एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्दै उनले जनताका दैनिक सरोकारका समस्या र सामाजिक काममा जोडिएर अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam