सन्तान रुसको युद्धमा बेपत्ता हुँदा परिवारमा थपिएको पीडा
सुजता लिम्बू
विराटनगर : रहरले नेपाल प्रहरीको पेसा अंगालेका सनम (नाम परिवर्तन)विस्तारै पेसाबाट विस्थापित हुने सोचमा पुगे।
रहर लाग्दो उमेर जागिरे दौडाहामा सुम्पिए। जब उमेरका खुड्किलाले तला थप्दै गयो उतिनै जिम्मेवारीले काँध गहकिलो बनाउँदै गयो। अनि उनका रहरहरू बाध्यतामा परिणत भयो। त्यसैले उनले परिवारको सुनौलो भविष्यको सपना पुरा गर्ने गन्तव्य रुस रोजे। जहाँ युद्धले गर्दा कुन दिन, कुन रात अन्त्य हुने हो पत्तो हुँदैन थियो। तर, पनि उनले आफ्नो जीवन खुकुरीको धारमा राखेर परिवारको सुनौलो भविष्य रोजे। पुगेको केही महिना त कुन समय मृत्युको मुखमा पुग्ने हो भन्ने चिन्ताले उनलाई सताइरहेको हुन्थ्यो।
बंकरको बासले निसासिएका हजारौँ सपना मध्ये उनी केबल एउटा सपना मनमा बोकेर बाँचिरहेका हुन्थे । त्यो थियो सकुशल परिवारसँग इन्टरनेट मार्फत गफिन पाउँ। परिवारको याद र प्रेम पाउने झिनो आसमा नेपालबाट गएका मध्ये उनी जसोतसो बाँचेका छन्।
उनी सँग सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा मार्फत गफ गर्दा आफूसँग गएका कति जीवित छन् या मृत्यु भए पत्तो छैन। यो त रुस– युक्रेनको युद्धमा बाँचेको एउटा पात्रको छोटो कथा रह्यो। हुन त बाँच्नेहरूका लागि पनि जीवन त्यति सहज भने छैन।
उनी जस्ता बाँच्न चाहाने र परिवारको भरथेग हुनेहरूको सपना युद्ध भूमिमा विलिन भएका थुप्रै कथा छन्। ती मध्य मोरङ जिल्लाको बेलबारी–११ का रोनाल मिश्र पनि एउटा प्रतिनिधि पात्र हुन्।
२०८० असोज २७ गते रुसलाई गन्तव्य बनाएर घरबाट हिँडेको उनी परिवारको दर्बिलो खम्बा थिए।
दुखःको रापमा केही समय पिल्सिएर बाँचेको जीवन परिवारको लागि नै हो भन्ने झिनो आश बोकेर रुस पुगेको मिश्रले केही दिन त सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरे। परिवारसँगको सम्पर्कमा पनि आइरहेकै थिए। तर, केही महिना अगाडि देखि भने उनी सम्पर्क विहिन छन्। छोराको मृत्यु भयो या जीवित छन् भन्ने जानकारी नहुँदा उनको बुवा अर्थात राजकुमार मिश्रले मृत्युको बाटो रोजे।
श्रीमान गुमाएकी उनकी आमार १५ वर्षीय भाई रुसबाट रोनाल फर्किएर आउने आशमा बाँचिरहेका छन्। बुवाको मृत्युपछि आमाको दर्बिलो जग बनेर बसेको १५ वर्षीय रिजन दाइ आउलान की भन्ने बाटो हेर्दै तड्पिरहेका हुन्छन्।
कमजोर आर्थिक अवस्थाले पछिल्लो युवा पुस्ताका लागि वैदेशिक रोजगार मुख्य लक्ष्य बन्दै जाँदा रिजनका दाइले ज्यान जोखिममा राखेर रुस गन्तव्य बनाउलान् भन्ने कल्पना समेत गरेका थिएनन्।
अब बुवाको मृत्यु र दाजु बिरानो देशमा हराइरहँदा यता, गुमाएको मान्छेहरूको सम्झनामा बाँचिरहेको आमा छोराको आर्थिक अवस्था नै नाजुक बन्दै गएको छ। एक्लो आमा, कमजोर आर्थिक अवस्था समस्या नै समस्याले गाँजेको अवस्थामा दाइको खोजि कसरी गर्ने भन्ने दोधारमा परेको उनी सुनाउँछन्।
विराटनगरस्थित कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आइतबार ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले गरेको कार्यक्रममा सहभागी हुने क्रममा उनले दाई सम्पर्कविहिन भएपछि परिवारले बेहोरेको अवस्था व्यक्त गर्दै प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीसँग आक्रोश समेत पोखेका थिए।
कक्षा ९ मा अध्ययनरत रिजन सरकारसँग कहिले आक्रोशित हुन्थे त भावविह्वल हुन्थे। किनकी उनले घरको दुइवटा खम्बा गुमाएका छन्। बा ले नफिर्कने बाटो रोजे दाई त फर्किएला नि ? भन्ने प्रश्नको जालो भित्र रुमलिरहेका छन्।
यता,बेलबारी ११ का प्रितम राईको परिवारमा पनि दुखको पहाड कम छैन । आर्थिक जोहोकै लागि जीवन दाउमा राखेर रुसको युद्ध मैदानमा पुगेका प्रितमको केही दिनमा मृत्यु भयो। छोरो हिँडेको केही समयमै मृत्युको खबर आएपछि उनकी आमा लिला माया राईको आँखा ओभाएको दिन छैन।
सायद,गुमेको छोराको झझल्को मेटाउन आँखाको डिलसम्म आएको आँसु परेलाले छेक्दै लिलामाया मौन थिइन्। किनकी सन्तान गुमाउँदा आमाको मुटुमा नमेटिने चोट लागेको हुन्छ। मेटाउन हजार कोसिस गरे पनि कहाँ सकिन्छ र ? उनको भक्कानिएको आवाजले आफ्नो नाम समेत प्रष्टसँग भन्न सकिरहेकी थिइनन्।
त्यसपछि प्रितमका काकालेभजित गुमाउनुको पीडा आक्रोशित आवाजमा व्यक्त गरेका थिए। नेपालीलाई आर्थिक प्रलोभन देखाएर रुस लग्नु पनि दलहरूकै हात भएको हुनसक्ने बताए।
प्रितमको घरमा चार जना बच्चा रहेछन्। श्रीमान गुमाउनुको पीडालाई मनमा गुम्साएर चार सन्तानका लागि बाँचिरहेकी प्रितमकी श्रीमतीको व्यथा उनकै काकाले व्यक्त गरे। उनले भने,‘भतिज नफर्किँदा मलाई कस्तो भएको होला ? त्यसमा पनि चार सन्तानले बुवा गुमाउँदा अनि श्रीमती विधुवा हुँदा यो बुढी आमाको अवस्था कस्तो होला ?’
मिश्र र राईको परिवार जस्तै रुसमास न्तान, श्रीमान वा भनौँ बाउ गुमाउनेहरूको पीडा ठ्याक्कै रोजगारीसँग नै जोडिएको छ। घरको आर्थिक अवस्था कमजोर भएपछि सुखद भविष्यको कल्पना सँगै कति अरुको कुरामा सुनेर देश छोड्नेहरू हुन्छन्। त्यसैको भुमरीमा रुमलिएर देश छोडेर जानेहरूले प्राण त्याग्दै गर्दा बाँच्नेहरूलाई जीवनभरका लागि नमेटिने घाउको खत बनेर बसेको हुन्छ। तर, रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या ठ्याक्कै कति छ भनेर सरकारले अझै तथ्यांक निकाल्न सकेको छैन।
रुसको तर्फबाट युद्ध लडेर फर्किएका इटहरीका हेमराज बुढाथोकी भने त्यहाँ नेपालीको संख्या १० हजार बढी भएको अनुमान लगाउँछन्। अरू देशका राजदूत हरू फिल्डमा पुगेरै आफ्ना नागरिकलाई फिर्ता ल्याउने गरेको भए पनि नेपालको राजदूतले कुनै पहल नगरेको दुखेसो पोख्छन्।
‘सम्झौता अनुसार कार्यान्वयन गर्दैनन्’
नाम नबताउने सर्तमा सामाजिक सञ्जाल मेसेन्जर मार्फत गरिएको कुराकानीको आधारमा सरकारी जागिर छोडेर रुस पुगेको उनी एक वर्ष भयो।
रुस जानुभन्दा अगाडि गरिएको सम्झौता अनुसार एक वर्ष पुरा भएकालाई सहज तरिकाले हिँड्न र त्यहाँको कागजपत्र उपलब्ध गराउने भन्ने छ। तर, सम्झौता अनुसार कार्यान्वयन नभएको उनी गुनासो सुनाउँछन्।
१७ देखि १८ महिना पुगेको धेरैलाई सम्झौता अनुसार उनीहरूले सहज तरिकाले नछोडेको उनी बताउँछन्। ‘एक वर्ष सम्झौता गरे अनुसार उनीहरूले पासपोर्ट दिने, सिटिजनशिप दिने, सम्पूर्ण डकुमेन्ट दिएर छाड्छौँ भनेर सम्झौता गरेको छ, हामीले पनि त्यही अनुसार सम्झौता गरेका हौँ,’ उनले सुनाए, ‘तर, सम्झौता अनुसार उनीहरूले कार्यान्वयन गरेको छैन।’
अझै पनि लडाइमा लगिरहेको उनले बताए। सम्झौता पुरा गरेको समयपछि आफूहरू घर फर्किन चाहेको बताउँदै उनले यो विषय परराष्ट्र मन्त्रालयसम्म खबर पुर्याउन उनी आग्रह गर्छन्।
लडाई अझै पनि नरोकिएको बताउँदै उनले युद्ध विराम हुने कुनै संकेत नरहेकाले रुसमा भएका नेपालीहरू आफ्नो देश फर्किन चाहेको बताए। आफ्नो पनि रुस गएको एक वर्ष बितेको बिताउँदै उनले कानुन बमोजिम कार्यान्वयन नभएको बताए।
‘कतिलाई घर फर्काउने भने पनि फर्काएको छैन यसै राखेको छ,’ उनले भने,‘भएको सम्झौता अनुसार नेपाल सरकारले आफ्नो देश फर्काउने विषयमा जोड गर्दिए हुन्थ्यो भन्ने चाहना हो।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam