बाँकेको सामुदायिक वनबाट बेवारिसे बन्दुक बरामद
काठमाडौं : प्रहरीले बाँकेको एक सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ। राप्तीसोनारी गाउँपालिका-४ स्थित शिख सामुदायिक वनबाट बेवारिसे अवस्थाका दुई थान भरुवा बन्दुक बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बैजापुरका नायब निरीक्षक भद्रसिंह वलीको कमाण्डमा चार प्रहरी र शिख सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले गस्ती गर्दै जाने क्रममा बुधबार बिहान सवा ४ बजेतिर बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार कुम्भरदेखि बाँसखोली जाने गोरेटो बाटोमा एकनाले घरेलु भरुवा बन्दुक बरामद भएको हो। बन्दुकसहित त्यसमा प्रयोग हुने बारुद र छर्रासमेत बरामद गरेएको उनले जानकारी दिए।
बेवारिसे बन्दुकबारे अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam