चीनमा आँधीका कारण विद्यालय तथा उडान स्थगित
एजेन्सी
चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘यागी’ सुपर टाइफुनमा परिणत भई टापु प्रान्त हाइनान प्रभावित भएपछि दक्षिणी चीनका सहरहरूमा बिहीबार विद्यालय तथा केही उडानहरू स्थगित गरिएको छ।
आधिकारिक तथ्याङ्कअनुसार यागीले यस हप्ता फिलिपिन्सको लुजन टापूमा बाढी पहिरो निम्त्याउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार यागी दक्षिण चीन सागर पार गरी पश्चिममा चीनको हाइनानतर्फ गइरहेको अवस्थामा सुपर टाइफुनमा परिणत हुँदा दुई सय नौ किलोमिट प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो।
प्रान्तीय विपद् व्यवस्थापन अधिकारीका अनुसार हाइनानले बिहीबार यागीलाई आपत्कालीन प्रतिक्रियालाई उच्चस्तरमा अपग्रेड गरेको छ। टाइफुनले शुक्रबार दिउँसो हाइनान वा छिमेकी गुआङ्गडोङमा अवतरण गर्ने अनुमान गरिएको छ।
हाइनानको राजधानी हाइकोमा बिहीबार विद्यालय तथा स्थानीय यातायात सेवाहरू स्थगित गरिएको छ।
हङकङमा यागीले प्रभाव नपार्ने अपेक्षा गरिए पनि मौसम विज्ञान विभागले सहरको तेस्रो उच्चतम टाइफुन चेतावनी जारी गर्ने जनाएको छ।
हङकङका किन्डरगार्टेन र विशेष विद्यालय बिहीबार स्थगित गरिएको थियो भने बजेट एयरलाइन्स हङकङ एक्सप्रेसले छ वटा उडान पूनर्निर्धारित गरिएको जनाएको छ।
यसैगरी ग्रेटर बे एयरलाइन्सले आँधीका कारण चारवटा उडान रद्द गर्ने र थप दुईवटाको पुनःतालिका तय गर्ने जनाएको छ।
यागी सुपर टाइफुनको तीव्रतामै शुक्रबार बिहान हङकङको दक्षिणपश्चिममा करिब तीन सय किलोमिटरको गतिमा रहने मौसम बिज्ञान विभागले जनाएको छ।
यागीसँग सम्बन्धित आँधीबेहरीले बिहीबार राति र भोलि बिहान पर्ल नदीको मोहिराको वरपर असर पार्ने अनुमान गरिएको छ। दक्षिणी चीनपछि यागी भियतनामतर्फ बढ्नेछ र प्रसिद्ध युनेस्को सम्पदा स्थल हालोङ–बे वरपरको उत्तरी र उत्तर–मध्य क्षेत्रमा पुग्ने जनाइएको छ।
भियतनामको मौसम विज्ञान एजेन्सीले बिहीबार आँधीबेहरीको चेतावनी जारी गरेको छ भने सरकारले आँधीको पूर्वतयारीका लागि सैन्य कर्मचारी परिचालन गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam