राप्तीमा माछा मार्न गएका दुई बेपत्ता, एकजना पौडी खेलेर निस्के
काठमाडौं : चितवनको पश्चिम क्षेत्रस्थित राप्ती नदीमा माछा मार्न गएका दुईजना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो भरतपुर–२७ धरमपुरबाट माछा मार्न गएका भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार बेपत्ता भएका हुन्।
उनीहरूसँगै गएका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। प्रहरीले हिजो साझ पाँच बजेदेखि नै खोजी सुरु गरे पनि भेटाएको थिएन। आज फेरि खोजीकार्य भइरहेको केसीले बताए।
स्थानीयले पनि मेघोली क्षेत्रतर्फ खोजी गरिरहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उनीहरू बेपत्ता भएका हुन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam