वेस्ट बैङ्कमा अमेरिकी नागरिकको गोली लागी मृत्यु
एजेन्सी
प्यालेस्टिनी अस्पतालका एक अधिकारीले कब्जा गरिएको वेस्ट बैङ्कमा शुक्रबार एक अमेरिकी नागरिकको टाउकोमा गोली लागेर मृत्यु भएको बताएका छन्।
नाब्लुसस्थित राफिडिया अस्पतालका निर्देशक फौद नाफाले भने, “एकजना अमेरिकी नागरिकले टाउकोमा गोली लागेपछि उपचारका लागि अस्पताल आइपुग्नुभएको थियो उहाँको स्थानीय समय अनुसार १४ ३० बजेतिर मृत्यु भएको छ।”
प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाका अनुसार मारिएका अभियन्ता गाजा पट्टीमा जारी युद्धसँगै पश्चिम किनारामा बढेको इजरायली बसोवासी हिंसाबाट किसानहरूलाई जोगाउन ‘फाजा’ नामक एक अभियानमा संलग्न थिए।
नाफाले एएफपीलाई बताएअनुसार मृतक महिला २० वर्षकी थिइन्। अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अकस्मात गरेको आक्रमणपछि इजरायली सेना र स्थानीयबासीले वेस्ट बैङ्कमा कम्तीमा ६६१ जना प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली अधिकारीहरूका अनुसार उक्त अवधिमा प्यालेस्टिनी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा २३ जना इजरायली मारिएका छन्।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam