भाषा आयोगबाट ६ वटा लिपिको अध्ययन
काठमाडौँ : भाषा आयोगले हालसम्म ब्राह्मीसहित ६ वटा लिपिको अध्ययन गरेको छ।
भाषा आयोगको आठौँ वार्षिक प्रतिवेदनअनुसार हालसम्म ब्राह्मी, लिच्छवि, उत्तर लिच्छवी, नेपाल भाषाका लिपिहरू, अख्खा र सिरिजङ्गा लिपिको विषयमा अध्ययन भएको छ।
ब्राह्मी, लिच्छवि, उत्तर लिच्छवि, नेपाल भाषाका लिपिहरूसम्बन्धी अध्ययनलाई एकीकृत गरी प्रकाशनसमेत गरिएको प्रतिवेदनमा उल्लेख छ।
‘नेपालका लिपिको अध्ययन नेपालमा रहेका प्राचीन ग्रन्थमा उल्लिखित लिपिहरू लोप हुन जाँदा पुरातात्त्विक महत्त्वका बहुमूल्य सामग्री उपयोगविहीन अवस्थामा पुगेका छन्, यसै तथ्यलाई मनन गरी आयोगबाट नेपालका लिपिको अध्ययनसम्बन्धी कार्यको थालनी गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam