पत्रकार महासंघको चुनाव फेरि सर्यो
काठमाडौं : नेपाल पत्रकार महासंघको तीनै तहमा नयाँ नेतृत्व चयनका लागि गर्ने भनिएको निर्वाचन फेरि सरेको छ।
असोज ५ गतेका लागि पूर्वनिर्धारित निर्वाचन असोज १२ गते शनिबारका लागि सारिएको हो।
कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएपछि उत्पन्न असहज परिस्थितिका कारण निर्वाचन सार्नुपरेको उल्लेख गरेका छन्।
पोखरेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची बिहीबारै निर्वाचन समितिलाई हस्तान्तरण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
मतदाता सूची र निर्वाचन तालिका भोलि शनिबार सार्वजनिक गर्ने समझदारी भएको कार्यवाहक अध्यक्ष विष्टले उल्लेख गरेका छन्।
सदस्यता शुद्धीकरणमा विवाद हुँदा महासंघको निर्वाचन पटक-पटक स्थगित हुँदै आएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam