एन्फा महिला लिग : आज पाँचौ चरणका खेल
काठमाडौं : एन्फा महिला लिग फुटबलमा आज पाँचौ चरणका खेल शुरु हुँदैछ। पाँचौ चरणमा आइपुगेपछि पहिलोपटक आज दशरथ रंगशाला त्रिपुरेश्वरमा खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
चौथो चरणसम्मका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा भएका थिए। पाँचौ चरणको पहिलो खेलमा दिउँसो साढे १२ बजे दुई विभागीय टोली नेपाल पुसिल र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ। जारी प्रतियोगितामा पुलिस ३ खेलमा जित र एकमा बराबरी खेल्दै १० अंक जोडेर शीर्ष स्थानमा कायम छ। तीनमा जित र एकमा हारको नतिजा निकालेको आर्मी भने ९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
दोस्रो स्थानमा रहेको अर्को विभागीय क्लब एपीएफले पनि ३ खेलमा जित र एकमा बराबरी खेल्दै १० अंक जोडेको छ। यस्तै दिउँसो सवा ४ बजे संकटा क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। संकटा क्लब ४ अंकसहित तालिकाको सातौँ र कोशी प्रदेश ९ अंकसहित तालिकाको चौथो स्थानमा छन्।
एन्फा महिला लिगमा १० टोली सहभागी छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam