सहकारी प्रकरण : प्रतिवेदन तयार गर्नुअघि संसदीय छानविन विशेष समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने
काठमाडौं : सहकारी प्रकरणको प्रतिवेदन टुंग्याउनुअघि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने तय भएको छ।
साँझ पाँच बजे प्रधानमन्त्रीसँग छलफल तय भएको समिति सदस्य लेखनाथ दाहालले बताए। हिजोबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ। प्रधानमन्त्रीसँगको छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ।
हिजो मात्रै समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो। भदौ ३१ गतेभित्रै प्रतिवेदन संसदमा बुझाउने तयारी समितिले गरेको छ।
भदौ १५ गतेसम्म समय पाएको समितिले तथ्यहरूको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएको भनी समय माग गरेपछि १४ दिन थप गरिएको थियो। समितिले पाएको समय भोलि सकिँदैछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam