सुदूरपश्चिम सरकार : तीन महिनाअघिको फिर्ता गर्दै आज ल्याउँदै नयाँ बजेट
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले सोमबार चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने भएको छ। बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेको छ। त्यसैको आधारमा नै बजेट ल्याउन लागेको सरकारले जनाएको छ ।
प्रदेश सभा बैठकको कार्यक्रमअनुसार सोमबार सुरुमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यसअघि मन्त्री सुरेन्द्रबहादुर पालले गत असार १ मा प्रदेशसभामा पेश गरेको बजेटसम्बन्धी विधेयक फिर्ता लिनेछन्।
त्यसपछि उनले वर्तमान सरकारले तयार गरेको नयाँ बजेट टेबल गर्नेछन् । बजेट टेबल गरिसकेपछि मन्त्री थापाले चालु आर्थिक वर्ष ०८१/८२ का लागि बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।
यसअघि एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१र८२ को बजेट ल्याएको थियो । प्रदेश सभामा बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो ।
त्यससँगै प्रदेशमा बजेट शून्यता भएको थियो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam