वास्ता गरेर वार्तामा बोलाए बस्न तयार छौँ : माधव
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्ने कुरा निन्दनीय र आलोच्य भएको टिप्पणी गरे।
उनले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताए। उनले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आए आफूहरु हातेमालो गर्न तयार रहेको बताए। उनले संविधानमा संशोधन गर्नुपर्ने भए पनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताए। उनले संशोधनको विषयहरु आएपछि आफूहरु छलफल गर्न तयार हुने पनि बताए।
जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्ने गरी कुनै पनि संशोधन भए स्वीकार्य नहुने बताए।
उनले भने, ‘हिजो मात्रै संविधान दिवस थियो। आज ४ गते हो। संविधान दिवसका सन्दर्भमा संविधानका राम्रो कुराहरु केके हुन्, भन्नेबारेमा व्यापक छलफल भए। हिजो राष्ट्रपतिको सम्बोधन पनि उहाँको भाषण पनि मैले सुनेँ। उहाँले संविधानको पोजिटिभ कुरालाई अघि सार्नुभयो। ती पोजेटिभ कुराको व्यापक प्रचारप्रसार गर्नुपर्छ। नेगेटिभ के छ ? त्यसबारेमा सुधारका लागि लाग्नुपर्ने आवश्यकता छ।
अहिले संविधान संशोधनको बहस चलाउन खोजिएको छ। वास्तवमा संविधानमा संशोधन गर्नुपर्ने कुरा नभएका होइनन्। तर त्यसलाई मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुनै आवश्यकता थिएन। जनताको अधिकारलाई कमजोर बनाउने गरी, जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी र यसका राम्रा कुरालाई समाप्त पार्नेगरी यस्ता कुनैपनि कुरा आउँछन् भने त्यो हामीलाई स्वीकार्य हुनेछैन। मनपरी ढंगले चल्ने र हाम्रो पार्टीलाई बेवास्ता गर्ने, अण्डरमाइण्ड गर्ने यस्तो प्रवृत्ति अत्यन्तै निन्दनिय छ। आलोच्य छ।’
अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाभई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताए। उनले सामाजिक सञ्जालमा अबदेखि पार्टीकारिुद्ध जथाभावी नलेख्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam