संख्यामा सानो भए पनि हीन भाव लिएर हिँड्दैनौँ : प्रचण्ड
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावनाविपरीत, विस्तृत शान्ति सम्झौताविपरीत सदन अवरोधको स्थितिमा रहेको बताए।
सदनबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिए। उनले प्रतिनिधि सभामा संख्यामा कमजोर भए पनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए। उनले कमजोर छौँ भनेर हीन भावना लिनु सही नहुने बताए।
उनले भने, ‘हामी अहिले प्रतिनिधि सभामा संख्यामा कमजोर नै छौँ । यो त दुनियाँले बुझेकै कुरा हो । तर हाम्रो विरासतको कारणले, हाम्रा मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा हाम्रो बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ। हामी कमजोर छौँ भनेर हिन भावना लिनु सही हुँदैन । सदनमा हेर्ने हो भने संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु हामीले असफल बनायौँ । हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित हामी सदन अवरोधको स्थितिमा छौँ। र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ।’
अध्यक्ष दाहालले संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु आफूहरुले असफल बनाएको बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam