कपिलवस्तुमा कुखुरा तस्करी मौलायो
फाइल फाेटाे
कपिलवस्तु, ७ असाेज ।
कपिलवस्तुको विभिन्न सिमाना नाकाबाट कुखुराको तस्करी तीव्र रुपमा बढिरहेको छ। जिल्लाका भिल्मी, कुशाहवा, बन्चौरा लगायतका नाकाहरू तस्करीका मुख्य केन्द्र बन्दै गएका छन्। स्थानिय बासिन्दाहरूका अनुसार, भारतमा कुखुराको मूल्य सस्तो भएको कारण नेपालमा गैरकानुनी रुपमा कुखुरा आयात गर्ने गिरोहहरू सक्रिय भएका छन्।
कुखुरा तस्करीका कारण नेपालको स्थानीय कुखुरा व्यवसायलाई ठूलो क्षति पुग्न थालेको छ। तस्करहरूले भारतबाट सस्तो मूल्यमा कुखुरा ल्याएर नेपाली बजारमा बिक्री गर्ने गरेकाले नेपाली व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमतामा असर परेको छ।
सिमानामा सुरक्षा व्यवस्था फितलो भएका कारण तस्करहरूले सजिलै कुखुरा पार गर्ने गरेको देखिएको छ। सम्बन्धित सुरक्षा निकायले यसबारे जानकारी भए पनि ठोस कदम चाल्न नसकेको स्थानियहरूले आरोप लगाएका छन्।
साथै, अवैध तस्करीका कारण सिमानाका कतिपय क्षेत्रमा स्वास्थ्य जोखिम पनि बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। अवैध रूपमा ल्याइएका कुखुराहरू स्वास्थ्य जाँच बिना नै बजारमा पठाइने हुनाले संक्रमण फैलिन सक्ने जोखिम रहेको पशु चिकित्सकहरू बताउँछन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam