कपिलवस्तुकाे कृष्णनगरबाट तीन लाख बढीकाे किवी बरामद


कृष्णनगर, ९ असाेज ।

कपिलवस्तुकाे कृष्णनगरबाट ६ सय २५ किलाे किवी बरामद भएको छ । कृष्णनगर नगरपालिका-२ गल्लामण्डीबाट बेवारिसे अवस्थामा रहेकाे उक्त किवी बरामद गरिएकाे प्रहरीले जनाएको छ ।

गल्लामण्डीमा बेवारिसे अवस्था छाडेकाे २५ किलाेका २५ बाेरा किवी प्रहरीले फेला पारेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । 

उनले बरामद गरिएको किवी फलफूलकाे अन्दाजी मुल्य ३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको रहेकाे जनाए ।  कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगरमा पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए ।

TOP