झरी र सम्भावित जोखिमबाट सचेत रहन कामपाको आग्रह
काठमाडौं : काठमाडौं महानगरपालिकाले नियमित झरी र समय-समयमा भारी वर्षा भइरहेकोले सचेत रहन आग्रह गरेको छ। महानगरपालिकाले काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको र यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको जनाएको छ।
महानगरपालिकाले सूचना नै जारी गरेर भनेको छ,‘नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ, पानी जम्मा भएको सडकमा प्रवेश नगरौँ, सवारी प्रवेश नगराऔँ,कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगरौँ, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौँ,आवश्यक सतर्कता अपनाऔँ,विपद सामना गर्न पूर्व तयारी गरौं।’
महानगरपालिकाले जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौं महानगरपालिका १६६००१०५५११ वा ११८० महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गर्नु भनेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam