कृष्णनगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सहायता कक्ष स्थापना
अजय मिश्र, कृष्णनगर, असोज १६ ।
कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। आज आयोजित एक कार्यक्रममार्फत यो कक्ष स्थापना गरिएको हो। नेपाल-भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकाले विशेष गरी दशै, तिहार, र छठका अवसरमा घर फर्कने नेपालीहरूको सहायता र सहजता सुनिश्चित गर्न यो कक्ष खोलिएको हो।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले नागरिक सहायता कक्षको उद्देश्य नेपाल भित्रिने नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु रहेको बताए। यस कक्षले चाडपर्व मनाउन घर फर्किरहेका नेपालीलाई सुरक्षित र सहज यात्राको वातावरण प्रदान गर्नेछ।
कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले प्रहरीको यो कदमलाई सराहना गर्दै नेपालीहरू कुनै पनि बहानामा ठगिनु नहुने बताए। उनले भारतबाट आउने नागरिकहरूको सुरक्षा र सहजीकरणका लागि यो कक्ष महत्वपूर्ण रहेको पनि उल्लेख गरे।
साथै, इलाका प्रहरी कार्यालय कृष्णनगरले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन चार जना प्रहरीलाई बाइकसहित लाइभ क्यामरासहित परिचालन गरेको जानकारी दिएको छ। यी प्रहरीहरू चाडपर्वका बेला सुरक्षा सुनिश्चित गर्न निरन्तर सक्रिय रहनेछन्।
कार्यक्रममा सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेंद्र न्यौपाने, नेकपा (माओवादी केन्द्र) कृष्णनगर नगर अध्यक्ष जावेद आलम खान, शान्ति पुनर्स्थापना गृहकी सुमित्रा भण्डारी, प्रहरी वरिष्ठ नायब निरीक्षक महेन्द्र पोखरेल, निलकण्ठ ढकाल, विभिन्न संघसंस्था प्रतिनिधिहरू, समाजसेवी, पत्रकार र होटल व्यवसायीहरू सहभागी रहेका थिए।
यो नागरिक सहायता कक्षले कृष्णनगर भन्सारबाट नेपाल प्रवेश गर्ने नागरिकहरूको सहायता तथा चाडपर्वको बेला सुरक्षा सुनिश्चित गर्ने उद्देश्यलाई अघि बढाएको छ।

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam