कपिलवस्तुमा रेडियो शिक्षा कार्यक्रम सुरु
माधव बेल्बासे
चन्द्रौटा,
कोरोना भाइरसका कारण विद्यालय संचालन हुन नसकेपछि वैकल्पिक शिक्षाको रुपमा कपिलवस्तुमा रेडियो शिक्षा कार्यक्रम सुरु गरिएको छ । जिल्लाका ३ वटा रेडियोले रेडियो शिक्षा कार्यक्रम प्रशारण सुरु गरेका छन् । शिक्षा विकास तथा समन्वयन ईकाइ कपिलवस्तुको समन्वयनमा कक्षा ४ देखि ८ सम्मका मुख्य ५ वटा विषयका कक्षाहरु रेडियो बाट प्रशारण हुने भएका हुन ।
नेपाली,अग्रेजी,गणित,बिज्ञान र सामाजिकका कक्षाहरु आईतवार देखि बिहिवार सम्म प्रशारण हुने बताइएको छ । युनिसेफ र कालिका स्वावलम्बन सामाजिक केन्द्र तौलिहवाको सहयोगमा रेडियो शिवराज १०६.८ चन्द्रौटा,रेडियो कपिलवस्तु १०४.२ मेगहर्ज र रेडियो बिजयनगर १००.७ मेगहर्ज बाट दिउसो १ः४५ देखि ४ः३५ सम्म प्रशारण भइरहेको छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुको संयोजनमा भएको रेडियो शिक्षा प्रभावकारी हुने विश्वास रहेको छ । विभिन्न संचारमाध्यमहरुमा कक्षाहरु संचालन भइरहेको भएपनि कपिलवस्तुका भित्रि गाउँहरुको टेलिभिजनको पहुच नभएकोले रेडियो शिक्षा कार्यक्रम लागू गरेको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो ।
सुरुवाति चरणमा विभिन्न संघ सस्थाको सहयोग रहेकोले बन्दाबन्दिको अवस्था हेरेर कार्यक्रम थप गर्न सकिने उहाँले बताउनुभयो । जिल्लाका विद्यार्थीहरु विद्यालय जान नपाइरहेको बेला रेडियोमा सुनेर धेरै कुरा सिक्न सक्ने पत्रकार माहासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताउनुभयो ।
अधिंकाश विद्यालयहरुमा क्वारेन्टाइन रहेको विद्यालय संचालनमा समस्या रहेको उहाँले बताउनुभयो । रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुने विश्वास रहेको कालिका स्वावलम्बन सामाजिक केन्द्र तौलिहवाका निर्देशक अर्जुन थापाले बताउनुभयो ।
जिल्लाका उत्कृष्ट ३० जना शिक्षकहरुलाई छनोट गरी विद्यालय शिक्षा कार्यक्रममा सहभागी गराइएको थापाले बताउनुभयो । यता वाणंगगा नगरापकिलाले पनि रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


