बिपी राजमार्ग खुल्यो, भोलिदेखि दनादन दोहोरो गाडी चल्ने
काठमाडौं : बिपी राजमार्गमा अब ठूला गाडीहरू समेत चल्ने भएका छन्। बाढी पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा बनाइएको नयाँ ट्रयाकमा भोलि मंगलबारदेखि ठूला सवारीसाधन चलाउन दिने सडक डिभिजन भक्तपुरले जनाएको छ।
नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिए पनि ठूला सवारीसाधन रोक लगाइएको थियो। चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने सडक डिभिजन कार्यलय भक्तपुरले सूचना जारी गर्दै जनाएको हो।
सडक खुला भए पनि सुक्खा पहिरो झर्ने सम्भावना कायमै रहेकोले रातिको समयमा भने यात्रा नगर्न अनुरोध गरिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam