लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणप्रति नेपालले गर्यो निन्दा
काठमाडौं : लेबनानमा शान्ति सैनिकमाथि इजरायलले हालै गरेको आक्रमणको नेपालले भर्त्सना गरेको छ। मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।
‘नेपाल संयुक्त राष्ट्रसंघको अन्तरिम बल (यूएनआईएफआईएल) का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्छ’, मन्त्रालयले लेखेको छ, ‘साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्छ। यस्ता आक्रमण तत्काल रोक्नुपर्छ र घटनाको गम्भीर अनुसन्धान गर्नुपर्छ।’
आइतबार राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना जबर्जस्ती प्रवेश गरेका थिए। भोलिपल्ट इजरायली सेनाले हिजबुल्लाहलक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका थिए।
लेबनानमा नेपाली सैनिक पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रूपमा खटिँदै आएका छन्।
यसअघि संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरिसकेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam