चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य
काठमाडौं : नेपाली बजारमा खाने तेलको मूल्य आकाशिएको छ।
व्यापारीले चाडबाडको मौका छोपेर मूल्य बढाएका हुन्। अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थको मूल्य बढेको र बजारमा तेल माग अत्यधिक बढेको भन्दै उनीहरुले कार्टुनमै ४ देखि ५ सय रुपैयाँसम्म मूल्य बढाएका हुन्।
सनफ्लावर र भटमासको तेल प्रतिकार्टुन २ हजार २ सय ५० देखि २ हजार ३ सय रुपैयाँसम्म होलसेल मूल्य पुगेको छ। यसअघि सोही तेल प्रतिकार्टुन १ हजार ९०० रुपैयाँसम्म होलसेल मूल्य थियो। य
यस्तै तोरीको तेलमा प्रतिकार्टुन २ हजार ५ सय ५० देखि २ हजार ६०० रुपैयाँ होलसेल मूल्य थियो भने अहिले ३ हजार रुपैयाँसम्म पुगेको छ। खुद्रा बजारमा यसको मूल्य अझ बढ्नेछ।
सनफ्लावर र भटमासको तेलको होलसेल मूल्य नै प्रतिलिटर २३० रुपैयाँसम्म पुग्छ। खुद्रा मूल्यमा बिक्री गर्दा यसको २६० देखि ७० रुपैयाँसम्म पुगेको छ। तोरीको तेलको मूल्य प्रतिलिटर ३१९ रुपैयाँसम्म पुगेको छ।
तेल बिक्रेताले अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थ र डलरको मूल्य बढ्नुको कारण नेपालमा तेलको भाउ बढेको बताउँछन्। तेलको मूल्य थपघट हुनुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव पर्ने उनीहरुको दाबी छ। अहिले सनफ्लावर र भटमासको माग दक्षिण एसिया क्षेत्रमै बढेको असर नेपालमा परेको बताइन्छ।
हृन्द्वग्रस्त युक्रेन र रसियाबाट धेरै मात्रामा नेपालमा भटमास आयात हुने गरेको छ। पछिल्लो समय यी दुई मुलुकबीचको द्वन्द्वले पनि कच्चा पदार्थ आयातमा असर पुगेको दाबी व्यवसायीको छ।
यद्यपि, नेपाल चामल, तेल, दाल उत्पादक संघले तेलको मूल्यवृद्धिबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam