कृष्णनगरबाट स्राेत नखुलेकाे २० लाख बढी भारती रुपैयाँ सहित ६ जना पक्राउ

कृष्णनगर, ५ कार्तिक ।
कपिलवस्तुकाे कृष्णनगरबाट स्राेत नखुलेको २० लाख बढी भारती रुपैयाँसहित ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मुम्बईका ५ जना र गाेण्डाका १ जना रहेका छन् । जसमा ५ पुरुष र १ महिला रहेकाे बताइएको छ ।

प्रहरीले लिंक गेटमा चेकजाँच गर्ने क्रममा उनीहरुकाे साथबाट स्राेत नखुलेको भारतीय रकम सहित २ ओटा भारतीय नम्बर प्लेटकाे गाडीसमेत नियन्त्रणमा लिएकाे छ । यु.पी. ४२ डी.टी. ५७२१ नम्बरकाे गाडीबाट साढे ७ लाख र यु.पी. ६६६३ नम्बरकाे गाडीबाट १३ लाख रुपैया स्रोत नखुलेकाे रकम प्रहरीले बरामद गरेकाे हाे ।

प्रहरी नायब उपरीक्षक माेहनमणी अधिकारीले बरामद भएकाे रकमकाे विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

TOP