तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ बनाइयो
जुम्ला : यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ। पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन्।
तिला–६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले पुल निर्माणपछि वडामा सवारी साधनको पहुँचमा भएको छ। उनले भने, “पुल सञ्चालनमा आएपछि सो गाउँपालिकाका १३ वटा गाउँबस्ती एकसाथ राष्ट्रिय सडक सञ्जालसँग जोडिएको वडाध्यक्ष रोकायाको भनाइ छ।” अब पुल निर्माण भई सञ्चालनमा आएपछि यहाँका दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज पुग्ने तिला–९ का स्थानीयवासी खड्का रावतले बताए।
पुल नबन्दा ग्रामीण भेगका सडक प्रयोगविहीन भएका थियो। अब पुल बनेपछि सवारी साधन चल्ने र जोखिमपूर्ण यात्राबाट मुक्त भएको तिला–९ का वडाध्यक्ष धनबहादुर रावतले बताए। वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन्। पुल सञ्चालनमा आएसँगै गाउँसम्म यातायातका साधन पुग्ने भएका छन्। यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए।
विसं २०७८ मा सडक डिभिजन कार्यालय जुम्लासँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो। तोकिएको समयमा पुल निर्माण भएको ठेक्का लिएको निर्माण कम्पनीका प्रबन्धक सुनम खड्काले बताए।
सङ्घीय सरकारअन्तर्गतको सडक विभागको रु १४ करोड बजेटको लागतमा पुल निर्माण भएको सडक डिभिजन कार्यालयले जनाएको छ। पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइ रहेको छ। तिला नदीमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी, स–साना विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज भएको तिला गाउँपालिकाले जनाएको छ।
पुल निर्माण नहुँदा गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था रहेको थियो। अब पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै राहत पुगेको तिलाका स्थानीयवासी बताउँछन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam