नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

काठमाडौं : नवलपुरको देवचुली नगरपालिका-२ मा जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी परेका छन्।

देवचुली २ दुम्कौलीकी धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा गएराति एकै परिवारका पाँचजना बिरामी परेको नवलपुर प्रहरीले जनाएको छ।

२८ वर्षीया धनमायासहित, ४६ वर्षीया रनमाया, ४८ वर्षीय बाबुलाल, २६ वर्षीय मदन र ९ वर्षीया रिदिमा बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहले जानकारी दिए।

बिरामीहरूको उपचार पुरानो मेडिकल कलेज चितवनमा भइरहेको छ। सबैको स्वास्थ्य अवस्था मध्यम रहेको शाहले बताए।

TOP