अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, एक नेपालीको मृत्यु
काठमाडौं : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्घाखाँचीकै मालारानी गाउँपालिका- ७ टिमुरे का २६ वर्षीय नवीन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ
मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार अनियन्त्रित भई सन्धिखर्क- ११ ढुङ्गेदेउरालीमा आइतबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिए।
करिब ८०० मिटर तल खस्दा कार क्षतविक्षत भएको छ। कारमा दुईजना सवार भनिए पनि एक जनाको मात्र शव भेटिएको मल्लले बताए। अर्का व्यक्ति रहेको प्रमाण नभेटिएको उनले जानकारी दिए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam