काठमाडौंमा बन्यो आठवटा छठघाट

काठमाडौं : काठमाडौं महानगरपालिकाले यो वर्ष आठ स्थानबाट छठपूजा गर्ने व्यवस्था मिलाएको छ।

काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट र वडा नम्बर १३ को धौखेल खोलामा अर्घ्य दिने व्यवस्था मिलाइएको छ। यस्तै वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ।

यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाएको महानगरप्रमुख बालेन साहले जानकारी दिए।

काठमाडौंमा रहेका मिथिलाञ्चलवासीलाई लक्ष्य गरी महानगरले छठपूजा गर्ने व्यवस्था मिलाएको हो। यो वर्ष व्रतालुले बिहीबार अस्ताउँदो सूर्यलाई र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्छन्।

TOP