आगलागीमा परी घाइते भएका जयप्रकाश राईको मृत्यु
फिदिम : घरमा लागेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथरको फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ।
उनको काठमाडौँ स्थित बर्न अस्पतालमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
राईको घरमा मंगलबार अपराह्न सवा चार बजे आगलागी भएको थियो। आगलागी भइरहेका बखत सामग्री जोगाउने क्रममा गम्भीर घाइते भएका राईलाई बुधवार दिउँसो नेपाली सेनाको हेलिकोप्टर मार्फत कीर्तिपुर पठाइएको थियो।
उनको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
घरमा आगो सल्किनुको कारण खुलेको छैन भने घर र सम्पत्ति सबै जलेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam