सुनको मूल्य तोलामा दुई हजारले बढ्यो
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ। बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam