बागमती सफाइ अभियान ६०० औँ हप्तामा
काठमाडौँ : बागमती सफाइ अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको छ।
शनिवार काठमाडौंमा सरसफाइ अभियान ६ सयौँ हप्तामा प्रवेश गरेको अवसरमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमबारे जानकारी दिँदै वागमती प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सुनिल केसीले आफ्नो व्यक्तिगत समय छुट्याएर सरसफाइमा जोडिनुपर्ने बताए।
उनले सबैले आफ्नो समय छुट्याएर हप्तामा एकपटक नदीको सरसफाइमा जुट्न आह्वान गरे। बागमती संस्कृति र संस्कारसँग जोडिएकाले पनि सरसफाइमा जोडिनुपर्ने उल्लेख गरे।
कार्यक्रमबारे जानकारी दिँदै नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पोखरेलले बागमती सरसफाइ अभियान स्वयंसेवी अभियान भएको बताए। सातामा एक दिन दुई घण्टा राष्ट्रका नाममा स्वयंसेवक भन्ने अभियानअनुसार काम गरिरहेको जानकारी दिए।
उनले शुरु गरेदेखि कुनै पनि हप्तामा सरसफाइ नरोकिएको बताए। उनले बागमती सरसफाइ अभियान राष्ट्रिय जागरणको अभियान भएको चर्चा गरे।
उनले अभियानमा १२ लाख मानिस जोडिनुका साथै २० हजार मेट्रिक टनभन्दा बढी फोहर उठाएको बताए। बागमती अभियन्ताले यो अवधिमा ६ हजारभन्दा बढी वृक्षरोपण गरिसकेको पनि बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam