मिथिलाञ्चलमा सामा चकेवाको रौनक शुरु
काठमाडौँ : मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरूको आड लिएको पाइन्छ। जीवनको आदर्श र कलात्मक पक्षहरूलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम हुन्छ।
मिथिलाञ्चलका चेलीबेटी अहिले सामा चकेवाको अवसर पारेर लोकगीतको भाकामा झुम्मिदा सन्ध्याकालीन शरद ऋतुको शीतल वातावरणलाई मनमोहक बनाइरहेको छ। कार्तिक शुक्ल पञ्चमी अर्थात् छठको खरनाबाट शुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलका चेलीबेटीले मनाउँछन्। कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न सुरिला गीत गाएर सखी सहेलीसँगै सामा चकेवा मनाइन्छ।
यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहे पनि लोकभाषामा यसलाई सामाचकेवा भनिन्छ। सामा चकेवामा श्रीमान्-श्रीमतीको सम्बन्धमा चुगली लगाउने चारुवक्र पात्र अर्थात् चुगलाको जुँगालाई डढाउइन्छ। बहिनी मिलेर आगो लगाई डढाउँदै घृणाले गीत गाउँछन्। यसका साथै आफ्नो भाइको पुरुषार्थको गीतकै माध्यमबाट प्रशंसा गर्छन्। कार्तिक पूर्णिमाका दिन बहिनीले आफ्नो भाइलाई निमन्त्रण दिन्छिन्।
भाइले घुँडामा राखेर सबै मूर्ति तोड्छन् र ती मूर्तिलाई जोतेको खेतमा विसर्जन गरिन्छ। बहिनीले भाईलाई चिउरा, दही, मिष्ठान्न, सक्खरको भोजन गराउँछन्। यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ। सामा चकेवा पर्वलाई भाइ र बहिनीबीचको अगाध प्रेमको प्रतीकको रूपमा लिइन्छ। पछिल्लो समय समाजमा बढ्दै गइरहेको कटुताबीच यो पर्वले प्रेमको सन्देश दिने गरेको छ।
पछिल्लो समय मिथिलाञ्चलको लोक पर्वको रूपमा रहेको सामा चकेवा पर्व लोपोन्मुख अवस्थामा पुगेको छ। यस्ता लोक पर्वलाई जगेर्ना गर्नसके मधेशको पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने भएकाले सामा चकेवा पर्वको संरक्षणतर्फ राज्यले चासो देखाउनु आवश्यक रहेको कतिपयको भनाइ छ।
भगवान् कृष्णका छोरा साम्ब र छोरी श्यामाबीचको स्नेहको प्रतीकको रूपमा यो पर्वलाई लिइन्छ। यो पर्व श्यामा र साम्बबीचको अगाध स्नेहकै स्मरणमा मिथिलाञ्चलमा मनाइन्छ। सामा चकेवा पर्वको विषयमा पद्मपुराण, स्कन्दपुराण लगायतका धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam