गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु
काठमाडौं : भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख २३११ नम्बरको ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ आइरहेको बागमती प्रदेश ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका ५ की ४१ वर्षीया नवीना देउलाको मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ।
ट्रकको ठक्करबाट घाइते देउलाको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो। दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते भएका छन्। उनको अवस्था भने सामान्य नै रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam