मृत भेटिए गाउँपालिकाका कार्यालय सहयोगी
काठमाडौं : खोटाङको रावाबेसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन्। रावाबेसी गाउँपालिका-१ कुभिण्डेका ५७ वर्षका रेग्मी गाउँकै बारीमा मृत भेटिएका हुन् ।
गोरेटो बाटोबाट करिब ८-९ मिटर तल बारीको भित्तामा अनुहार र घुँडाले जनिनमा टेकेकोअवस्थामा मृत भेटिएको वडाध्यक्ष वडाध्यक्ष गेहेन्द्रमान राईले बताए। दाइको घरबाट आइतबार बेलुकी करिब साढे ८ बजे चिया खाएर हिँडेका उनी सोमबार बिहान मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय खोटाङले गोरेटो बाटोबाट लडेर उनको मृत्यु भएको हुनसक्ने अनुमान जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले अनुसन्धान जारी रहेको बताए।
थाहा खबर
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam