रुस–युक्रेन युद्ध अन्त्यका लागि अबुधाबीमा फेरि त्रिपक्षीय वार्ता हुने
रुस–युक्रेन युद्ध अन्त्यका लागि अबुधाबीमा फेरि यसै हप्ता त्रिपक्षीय वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस, युक्रेन र अमेरिकाबीचको अर्को चरणको त्रिपक्षीय वार्ता आगामी बुधबार र बिहीबार अबुधाबीमा हुने बताएका छन्।
जेलेन्स्कीले युक्रेन ठोस र सम्मानजनक शान्तिका लागि तयार रहेको बताएका छन्। वार्तामा विशेषगरी विवादित भूभाग र युद्धविरामका प्राविधिक पक्षमा छलफल हुनेछ । यद्यपि, रुसले डोनबास क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा हुनुपर्ने अडान राखेको छ भने युक्रेनले आफ्नो भूमि नछाड्ने अडान दोहोर्याएको छ ।
कूटनीतिक पहल जारी रहे पनि युद्धको मैदानमा भने आक्रमण रोकिएको छैन। पछिल्लो २४ घण्टामा रुसी ड्रोन आक्रमणमा परी युक्रेनको डिनिप्रोपेट्रोभ्स्क क्षेत्रमा १२ जनाको मृत्यु भएको छ। अमेरिकी मध्यस्थकर्ताहरूले भने वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन्। थाहा खबर
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam