बुहारी मार्ने जेठाजु थुनामा
काभ्रें, १३ असोज । बुहारीको हत्याका अभियुक्त जेठाजुलाई पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत काभ्रेले आदेश दिएको छ । काभ्रे नमोबुद्धका सुदर्शन अधिकारीले भाद्र १८ गते बुहारीको बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।
बुहारी रन्जना र जेठाजु सुदर्शनको जग्गा तथा भुकम्प पीडित अनुदानमा विवाद हुँदै आएको थियो । रन्जनाको हत्यामा सासु चित्र कुमारी र ससुरा विष्णुप्रसादलाई सम्लग्नता नपाएपछि सामान्य तारेखमा छाडेको छ भने श्रीमान् शंकरलाई ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गरिएको छ ।
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…


